Connect IPS
IME Life

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने, स्वाप १ :१ भए मात्र चुक्ता पूँजी २ अर्ब ६४ करोड पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा  इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको छ । संझौतापत्रमा सगरमाथाको तर्फबाट लोकमान्य गोल्छा र लुम्बिनीका तर्फबाट अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । आज विहान ९ बजे दुबै कम्पनी एक आपसमा गाभ्ने गाभिने विषयमा सहमति भएको हो । यि दुई विचको मर्जर पछि बीमा समितिले तोकेको न्युनतम पूँजी सजिलै पुग्नेछ ।

Prabhu
Crest

हाल सगरमाथाको  चुक्ता पूँजी १  अर्ब ३३  करोड रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब ३१  करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २  अर्ब ६४  करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जिबन  बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।

बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सफल मर्जर भै सकेको छ।  त्यसपछि  प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले पनि मर्जरमा सहमति गरेका थिए । जीवन तर्फ प्राइम, गुराँस र युनियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफले  मर्जरको सहमति गरेका छन । तर अहिलेसम्म जीवन तर्फ कुनै पनि बीमा कम्पनीले एकिकृत कारोबार भने गरेका छैनन्  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS