Connect IPS
IME Life

सानिमा र जनरल इन्स्योरेन्स विच बराबरी हैसियतमा मर्जरको संझौता, मर्जर पछि पनि हकप्रद निष्काशन गर्नु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी विच मर्जरको संझौता भएको छ । होटल मेरियटमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल विच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई कम्पनी विच बराबरी हैसियतमा मर्जर गर्ने सहमति भएको छ । मर्जर पछि कम्पनीको नाम ‘सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहनेछ । दुई पक्ष विचमा भएको सहमति अनुसार मर्जर पछिको कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहने छन् ।

Prabhu
Crest

हाल दुबै कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ । मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । पछिल्लो तेस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार मर्जर पछिको जगेडा कोष ३० करोड रुपैयाँ नाघ्नेछ ।

यि दुई कम्पनीको मर्जर पछि पनि बीमा समितिले तोकेको पूँजी जुटाउनका लागि हकप्रद शेयर निष्काशन गर्नु पर्नेदेखिन्छ । बीमा शुल्क आर्जन तर्फ हेर्ने हो भने सानिमा बलियो छ । जेठ महिनासम्मको बीमा शुल्क आर्जन हेर्दा सानिमाको ९० करोड र जनरलको ८१ करोड रुपैयाँ रहेको छ ।

प्रतिशेयर नेटवर्थका हिसावले जनरलको केहि बढि छ । शाखा सञ्जाल तथा कर्मचारी संख्या जनरलको बढि छ । मर्जर पछि शाखा कार्यालय ६८ पुग्नेछ भने कर्मचारी संख्या ४०२ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS