Connect IPS
IME Life

लाभांशको लागि शेयर उठाउदै लगानीकर्ता, ५९ अंकको सुधारमा २ अर्बको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष सकिन थाले सँगै लाभांशको अपेक्षामा लगानीकर्ताले शेयर उठाउन थालेका छन् । चौथो त्रैमाशको व्याज, किस्ता र करको जोहो गरिसकेका लगानीकर्ताले विस्तारै शेयर खरिद गर्न थालेका हुन् । ब्रोकर लाइसेन्सको प्रावधानको विरोध गर्दै गत सोमबार पेनिक सेल मार्फत बजार बजार घटाएका ब्रोकरले हिजो र आज भने बजार घटाउन सकेनन् ।

अवको एक दुई महिनामा अधिकाम्स सूचिकृत कम्पनीले लाभांश घोषणा गर्ने भएकाले अहिलेको सर्वाधिक तल्लो विन्दुमा शेयर खरिद गर्ने लगानीकर्ताको हाबी छ । सँग सँगै बैंकर्स संघले साउन महिनामा लागि व्याजदर नबढाउने निर्णय गरेका छन् ।

Prabhu
Crest

असार महिनामा निक्षेप मात्रै थुपारेका बैंकहरुले सिडी रेसियो व्यवस्थापन सँगै आगामी साउनदेखि नयाँ कर्जा प्रवाह गर्न थाल्ने छन् । साउनमा गएको जेठ असार भन्दा केहि सहज हुने अनुमान पनि गरिएको छ । तरलता सहज भए सँगै बजारले केहि गति लिन सक्ने आकलन गर्दै आज शेयर बजारमा लगानीकर्ताको प्रवेश भएको छ ।

बुधबार नेप्से सूचक ५९.५४ अंकले सुधार हुँदा २ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक ३.०९ प्रतिशतले बढेर १९८६ अंक कायम भएको छ । आज चार वटा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । आज १८५ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ५ वटाको भने घटेको छ । सर्वाधिक धेरै शिवम सिमेन्टको ९ अर्ब रुपैयाँको कारोबार भएको छ । मुनाफामा दोस्रो स्थानमा देखिएको एनआईसी एशियाको पनि दोस्रो धेरै कारोबार भएको छ । लगानीकर्ताको सर्वाधिक धेरै आकर्षण फाइनान्स र विकास बैंकमा देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS