Connect IPS
IME Life

मर्जर पश्चात कस्तो देखिने छ प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स ? ( तथ्याङ्क सहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । असार २७ गते अपरान्ह ४ बजे दुबै कम्पनीको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गरेका हुन् ।

हाल प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रहेको छ भने सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रहेको छ । यदी समान हैसियतमा मर्जरमा गएको अवस्थामा नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड हुने छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई चैत्र मसान्तसम्म २ अर्ब ५० करोड पुँजीको लक्ष्य दिएको छ ।

Prabhu
Crest

दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा गरिएको तुलनात्मक अध्ययन : 

जगेडा कोषको आधारमा :
प्रिमियर इन्स्योरेन्सको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ इन्स्योरेन्सको जगेडा कोषमा २५ करोड ३९ लाख रहेको छ । समान हैसियतमा मर्जरमा गएमा दुई कम्पनीको जगेडामा ६१ करोड १७ लाख रुपैयाँ हुने छ ।

बीमा कोषको आधारमा :
प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा ९६ करोड ६० लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ९ करोड रहेको छ । मर्जर पश्चात दुई कम्पनीको बीमा कोषमा २ अर्ब ६ करोड रुपैयाँ हुने छ ।

कुल बीमा शुल्क :
प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १ अर्ब ६४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ । दुई कम्पनीको बीमा शुल्क जोडेर हेर्दा ३ अर्ब ६४ करोड हुनेछ।

खुद नाफाको आधारमा :
प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७८/७९ को तेश्रो त्रैमाससम्म २५ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले १७ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

वार्षिक प्रति शेयर आम्दानी :
प्रिमियर इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी २७ रुपैयाँ ६१ पैसा छ भने सिद्धार्थ इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा छ । मर्जर पश्चात दुई कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा हुन्छ ।

किताबी मूल्यको आधारमा :
प्रिमियर इन्स्योरेन्सको किताबी मूल्य २१२ रुपैयाँ ३५ पैसा छ भने सिद्धार्थ इन्स्योरेन्सको किताबी मूल्य २११ रुपैयाँ ३२ पैसा छ । मर्जर पश्चात दुई कम्पनीको किताबी मूल्य २११ रुपैयाँ ८२ पैसा हुने छ ।

बजार मूल्य :
मर्जर सम्झौता भएर शेयर कारोवार रोकिनु अघि  प्रिमियर इन्स्योरेन्सको बजार मूल्य ५७६ रुपैयाँ थियो भने  सिद्धार्थ इन्स्योरेन्सको बजार मूल्य ५४३ रूपैयाँ ७० पैसा थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS