काठमाडौं । इन्द्रेणी मसरुम फाम पब्लिक लिमिटेड कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । यससँगै कम्पनीले बिक्रि प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई चयन गरेको हो ।
कम्पनीले बिक्रि प्रबन्धक चयन गरेसँगै दुई पक्षबीच सम्झौता भएको छ । सम्झौता पत्रमा भने इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
इन्द्रेणी मसरुम फार्मले मकपवानपुरको चिल्ताङस्थित व्यवसायीक रुपमा च्याउ उत्पादन गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याई गुणस्तरिय च्याउ उत्पादन गर्ने उदेश्यका साथ काम गर्दै आइरहेको छ ।