Connect IPS
IME Life

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले गरे मर्जरको सहमति, चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । आज साझ साढे ४ बजे दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

असार २७ गते अपरान्ह ४ बजे दुबै कम्पनीको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गरेका हुन् । कम्पनीले मर्जरमा गए लगत्तै शेयर कारोबार रोक्का गरिदिन समेत नेप्सेलाई अनुरोध गरेको छ ।

Prabhu
Crest

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर पछि बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुग्नेछ ।

हाल सिद्धार्थको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ छ भने प्रिमियरको एक अर्ब २२ करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।

बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट इन्स्योरेन्स र हिमलायन जनरल इन्स्योरेन्स कम्पनीले सहमति गरेका थिए । जीवन तर्फ पनि मर्जरको सहमति भइरहेको छ । तर अहिलेसम्म कुनै पनि एकिकृत कारोबार भने भइसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS