Connect IPS
IME Life

आर्थिक मन्दीको असर असार मसान्तमा, अभिकर्ता र कर्मचारी तनावमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीका अभिकर्ताहरुलाई यस आर्थिक वर्षको टार्गेट पुरा गर्न अव ६ दिन मात्रै बाँकी छ । यस अवधिमा सबैभन्दा धेरै तनावमा एजेन्सी म्यानेजरहरु छन् । तोकिएको टार्गेट पुरा नगर्दा आगामी वर्षमा तलब सेवा सुविधाबाट बञ्चित हुनु पर्ने भएकाले पनि उनिहरु अहिले सबैभन्दा धेरै तनावमा छन् ।

बीमाको लागि प्रस्ताव गर्दा पनि प्रायः मानिसले ऋणको सावा, व्याज र किस्ता तिर्न नै धौ धौ परिरहेको अवस्थामा कसरी बीमा गर्ने भन्दै जवाफ पाउने गरिएको नेपालका अभिकर्ता गणेश प्रसाद अधिकारीले बताए । नेपाल लाइफले विगका वर्षको तुलनामा यस वर्ष एजेन्सी म्यानेजरको टार्गेट बढाएकाले आदिको पनि एजेन्सी म्यानेजरको कोड नविकरण हुन नसक्ने अवस्था रहेको उनको भनाइ छ । उनले भने ‘यो वर्ष धेरै साथिहरुलाई पैसा कमाउने भन्दा पनि शाखः बचाउनै मुस्किल छ ।’

Prabhu
Crest

विगतका वर्षमा बीमा कम्पनीको शाखा कार्यालय खचाखच हुने गर्थ्यो तर यस वर्ष भने सुनसान रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख प्रकाश लामिछानेले बताए । सक्रिय अभिकर्ताले बल्ल बल्ल टार्गेट पुरा गरे पनि सामान्य व्यवसाय गर्ने अभिकर्ताको लागि अवस्था तनावपुर्ण रहेको उनले बताए ।

अभिकर्ताहरुले जीवन बीमा गर्न जति सुकै उत्साहित पारेपनि मानिसहरु सँग अहिले पैसा नै छैन । जीवन बीमा आम मानिसको दोस्रो तेस्रो प्राथमिकतामा पर्छ । उनिहरुलाई पहिलो प्राथमिकता नै पुरा गर्न धौ धौ परिरहेको अवस्थामा बीमा गर्नुस् भन्न पनि नसकिने एक अभिकर्ताले बताए ।

यस्तै अवस्था रहने हो भने यस वर्ष कुनै पनि बीमा कम्पनीमा ५० प्रतिशत पनि अभिकर्ताको एजेन्सी म्यानेजरको कोड नविकरण हुन सक्ने अवस्था छैन । सामान्यतया असार अन्तिम साता जीवन बीमा कम्पनीहरुमा सर्वाधिक धेरै पोलिसी बिक्री हुने गर्छ । तर यस वर्ष जेठ महिनामा जस्तो व्यवसाय थियो अहिले पनि त्यस्तै रहेको एक प्रमुख कार्यकारी अधिकृतले बताए ।

बीमा कम्पनीहरु अहिले मर्जरका लागि वार्गेनिङ गरिरहेका छन् । वार्गेनिङका लागि जीवन बीमा शुल्क आर्जन पनि एउटा हतियार हो । गएका ११ महिनाको व्यवसायले समग्र आर्थिक वर्षमा बृद्धि भएको जस्तो देखिए पनि असार महिनाकै भर पर्नु पर्थ्यो भने यस पटक वार्षिक बृद्धिदर नै ऋणात्मक अवस्था रहन्थ्यो ।

अहिले बैंकहरु सँग पैसा छैन । मानिसहरु सँग तरल पैसा छैन । अर्को तर्फ कतिपय बीमा अभिकर्ताले आफ्नो कोड नविकरण गर्नका लागि जोखिम लिएरै अरु व्यक्तिको बीमा गरिदिन्थे । केहि समय पछि ति बीमितहरु सँग पैसा उठाउने गर्थे । तर यस वर्ष त्यस अभिकर्ताहरुलाई बैंकले पैसा दिनेवाला पनि छैन । अर्को तर्फ अभिकर्ता स्वयंलाई पनि आफुले गरिदिएको बीमाको पैसा भोलिका दिनमा उठ्ला भन्ने विश्वास छैन ।

गएका वर्षमा टार्गेट पुरा गरेर पनि कमिशनका लागि अभिकर्ताहरु अन्तिम घडिसम्म सक्रिय रहने गर्थे । तर यस वर्ष टार्गेट पुरा गरेकाहरु ढुक्का साथ बसेका छन् । भने टार्गेट पुरा नगरेकाहरु तनावमा छन् । बीमा कम्पनी तथा अभिकर्ताले दिएको सूचना अनुसार यस वर्ष अवस्था धेरै नाजुक छ । तर अझै ६ दिन समय भएकाले कतिपयले टार्गेट पुरा गर्न सक्ने कम्पनीको विश्वास छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS