काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चार सञ्चालकको कार्यकाल थप गरेको छ । कम्पनीले अध्यक्ष ताराचन्द्र केडिया, भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल र अमित कुमार बेगानीको कार्यकाल थप गरेको हो ।
चारै जना २०७५ असार ३१ गते सम्पन्न भएको प्रथम वार्षिक साधारणसभाबाट निर्वाचित भएका थिए । उनिहरुको कार्यकाल यहि असार ३० गते समाप्त हुँदैछ । कम्पनीको आगामी साधारणसभाले निर्वाचित भई आउने संस्थापक तर्फका संचालक सदश्यहरुलाई कार्यभार हस्तान्तरण नगरुन्जेलसम्म कार्यकाल थप गर्ने निर्णय गरिएको छ ।
कम्पनी ऐन २०६३ को दफा ८७ (१) र ९०(२) बमोजिम कम्पनीको सञ्चालक समितिको असार २३ गते बसेको १०७ औ सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।