Connect IPS
IME Life

नियमावली फिर्ता लिन ब्रोकर एसोसिएसनको माग, हचुवामा संशोधन गरेको आरोप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धी नियमावली २०६४ को संशोधन फिर्ता लिन अनुरोध गरेका छन् । एसोसिएसनले आज बोर्डमा ज्ञापनपत्र मार्फत हचुवाका भरमा कयौ गुणा पूँजी बढाउने काम भएको भन्दै यसलाई फिर्ता लिन आग्रह गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारि तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरि संसोधन प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गरेको छ । उक्त नियमावली धितोपत्र दलाल व्यवसायिहरुसँग प्रत्यक्ष सम्बन्धित नियमावली रहेको तर बिगतमा यस्ता सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपुर्व राय सुझाव लिइने गरेकोमा यस पटक भने बेवास्ता गरेको उनिहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

Prabhu
Crest

हाल संचालनमा रहेका व्यवसायिहरुबाट भौगोलिक रुपमा बजारको तथा सेवाको बिस्तार हुननसकेको भन्ने तथ्यहिन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलालले जनाएका छन् । यसरी एकाएक संख्या बढाउने गरी ल्याइएको प्रावधानले दसकौदेखि कायम ब्रोकरहरुको निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको उनिहरुले दुख व्यक्त गरेका छन् ।

बिगत तिन दशकदेखि यस बजारको सारथिका रुपमा रहेको भन्दै व्यवसायिले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालिको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पुर्ण रुपमा सहयोग गर्दै आएको उनले उल्लेख गरेका छन् ।

भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सहि रातभरि कार्यालमै बसि राफसाफ कार्यलाई नियमित गरेको कुरालाई पनि उनिहरुले स्मरण गराएका छन् । अभौतिक धितोपत्रको मात्र कारोबार हुने व्यवस्था लागु गर्न लाखौंको संख्यामा रहेका प्रमाणपत्रहरुको बिना कुनै शुल्क अभौतिकिकरण गरिएको उनिहरुको भनाई छ । बजारका कयौ बिघ्न बाधाब्यवधानहरु सहेर बजारलाई आजको यो अवस्थामा ल्याएका ब्रोकर व्यवसायिलाई आज काम गर्न केहि सहज परिस्थितिको सृजना हुने बित्तिकै कुनै अवसरनै नदिइ कुनै परिक्षणनै नगरि अयोग्यताको ट्याग लगाएर अपहेलित गर्दै व्यवसायबाट बिस्थापित हुने बाताबरणको सृजना गरिदा आजको नेपाल धितोपत्र बोर्डले बजारको सम्पुर्ण इतिहास बिर्सिएर आफुहरुलाई राम्रो पुरस्कार दिएको भन्दै व्यङ्ग्य गरेका छन् ।

व्यवसायिले बजार तथा सेवाको बिस्तारका लागि गरेका बहुसंख्यक अनुरोधहरुलाई नियामकबाट नै बेवास्ता गरिएको, यस्तो बिस्तारका लागि नियामकबाट आजसम्म कुनैपनि निति निर्देशन जारि नभएको, व्यवसायिबाट के कति कारणले बिस्तार सम्भव नभएको भनि एउटा पनि अध्ययन नियामकले नगराएको सन्दर्भमा नियामकलेनै व्यवसायिहरु माथि झुठो आरोप लगाइ अन्य कुनै पनि बित्तीय क्षेत्रका नियामकहरुले जोखिम हुने ठानि अवलम्बन नगरिएको खुला बजारको सिद्धान्तको नारा दिइ संख्यामात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त बिपरितको कार्य रहेको उनिहरुको ठहर छ ।

सेवा बिस्तार गर्न दशकौंदेखि विभिन्न सेवा थप्न माग गर्दै आएकोमा ति मध्ये एउटा मार्जिन कारोबारको मात्र कार्यबिधि लागु भइ व्यवसयिहरुले तिन आर्थिक बर्षको नविकरण शुल्क बुझाएर नविकरण गर्दा पनि नियामककै अनिच्छाले गर्दा अगाडि बढाउन नसकिएको अवस्था रहेको उनले जनाएका छन् ।

‍बजारको बिस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखा रहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा पुर्णरुपमा बेवास्ता गरिएको र एकदमै खर्चिलो माध्यमको रुपमा रहेको शाखा खोल्न पनि सिमित संख्यामा र त्यो पनि बर्सौ लगाउने गरिएको हुँदा व्यवसायिमाथि लगाइएको आरोप र त्यस आरोपका आधारमा गरिएको संसोधन प्रस्ताव नियामकको असक्षमतालाई ढाकछोप गर्ने एउटा प्रपन्चको रुपमा मात्र उनिहरुले लिएका छन् ।

नेपाल जस्तो सानो अर्थतन्त्र भएको बिकासशिल देशमा विश्वका अति विकसित देशहरुको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यव्सायिको पूँजी कयौं गुणाले उच्च राख्न लागाउनु भनेको नियामकले सुक्ष्म अध्ययन बिनानै हचुवाको भरमा अल्पदृस्टि राखि निर्णय गरेको कुरा प्रष्ट भएको उनिहरु बताउछन् ।

नेपालमै पनि अन्य किसिमका धितोपत्र व्यवसायिहरुले गरिरहेका कार्य गर्ननै दलाल व्यसायिहरुले तिनै व्यव्सायिहरुले कायम गर्नुपर्ने भन्दा पनि गुणात्मक रूपमा बढी पूँजी कायम गर्न लगाउनुले पनि धितोपत्र बोर्डको हालको नेतृत्वको दलालव्यवसायिहरुप्रति पुर्वाग्रह रहेको कुरा प्रष्ट हुने उनिहरुले जनाएका छन् ।

धितोपत्र दलाल व्यवसायको जोखिम ब्यवस्थापनका लागि अपरिहार्य अङ्गको रुपमा रहेको निक्षेप सदस्य व्यवसाय पूँजीको ठुलो आवश्यकता खडा गरि व्यवसायिहरुबाट खोस्न खोज्नुले नियामकले आजसम्म धितोपत्र दलाल व्यवसाय र यसमा निहित जोखिमनै नबुझेको कुरा पनि प्रस्टै पार्दछ ।

आधारहिन अध्ययनका आधारमा ब्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको यस्तो संसोधन प्रस्तावले हाल संचालनमा रहेका व्यव्सायिहरुलाई व्यवसाय छोडन बाध्य पार्ने, अन्य उत्पादनमुलक क्षेत्रमा पूँजीको कमि भइरहेको अवस्थामा सिमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पूँजी लगानी गर्न हौस्याइ यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने, राफसाफमा निहित जोखिम बढ्ने र अन्त्यमा गर्न सक्ने र क्षमतावान टिक्ने नाममा सिमित समुहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण सृजना भइ समग्र बजारनै असन्तुलित हुन जानेहुँदा हाल अर्थमन्त्रालयमा बिचाराधिन रहेको यस मस्यौदामा हामी व्यवसायिहरुको पनि राय सुझाव समेटिनेगरि पुन छलफल चलाउन आवश्यक रहेकाले उक्त मस्यौदा पुन नेपाल धितोपत्र बोर्डमानै फिर्ता ल्याइ गहन अध्ययन गराइ तथ्य तथा सबै सम्बन्धित पक्षको राय सुझावका आधारम अघि बढ्न अनुरोध गर्दै सम्पुर्ण धितोपत्र दलाल व्यवसायिहरुले ज्ञापनपत्र पेश गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS