Connect IPS
IME Life

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँड भोली, कति जनाले पाउने भए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ भोली विहाज बाँडपफाँड हुने भएको छ । शुक्रबार प्रि अलटमेन्ट गरेका बिक्रि प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले असार २८ गते विहान ८ : ३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुने जनाएको छ ।

कम्पनीले असार १५ देखि प्रति शेयर १०० को दरमा १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । जसमा कम्पनीको शेयरभन्दा १० गुणा बढी आवेदन परेको थियो । कम्पनीका अनुसार १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरिदका लागि १६ लाख २६ हजार ४३० आवेदकबाट १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

Prabhu
Crest

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । साथै बाँकी १८ लाख ३० हजार ४७२ कित्ता शेयर भने सर्वसाधारणका लागि बाँढफाँड गर्न लागिएको हो ।

आवेदन परेकामध्ये १ लाख ८३ हजार ४७ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी १४ लाख ४३ हजार आवेदकको भने हात खाली हुने कम्पनीले जनाएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम१० कित्ताको दरले शेयर वितरण गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS