SKIP THIS

MLBL
IME Life
Beema Board

सन नेपाल लाइफले ‘सन नेपाल क्यापिटल’ खोल्दै, पुर्ण स्वामित्वमा सहायक कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुर्ण स्वामित्वमा ‘सन नेपाल क्यापिटल लिमिटेड’ स्थापना गर्ने भएको छ । कम्पनीले अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले निवेदनको अध्ययन गर्दै आवस्यक थप कागपत्रको लागि निर्देशन समेत दिइसकेको छ ।

नेपाल धितोपत्र बोर्डले हाललाई निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको लाइसेन्स बन्द गरेको हुँदा सन नेपालले हाललाई धितोपत्र प्रत्याभुतकर्ता, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाताको लाइसेन्सका लागि आवेदन दिएको छ ।

Prabhu
Crest

अहिले कम्पनीले प्रस्ताव गरेको काम गर्नका लागि न्युनतम चुक्ता पूँजी १५ करोड रुपैयाँ आवस्यक पर्छ । यदि कम्पनीले निष्काशन तथा बिक्री प्रवन्धक र सेयर रजिष्ट्रारका लागि पनि लाइसेन्स लिन पाएको भए थप ८ करोड रुपैयाँ आवस्यक पर्ने थियो ।

पछिल्लो समय बीमा कम्पनीहरुमा मर्चेन्ट बैंकको मोह अत्याधिक धेरै देखिन्छ । आफु सँग भएको ठुलो फण्डलाई परिचालन गर्नका लागि यस्ता मर्चेन्ट बैंकहरु मार्फत सजिलो हुन्छ । नेपाल लाइफ र एशियन लाइफले अन्य सञ्चालनमा रहेका मर्चेन्ट बैंकलाई नै खरिद गरेका थिए । तर सन नेपालले भने आफैले सहायक कम्पनीको रुपमा पुर्ण लगानीमा मर्चेन्ट बैंक खोल्न थालेको हो ।

यसरी मर्चेन्ट बैंकको स्थापना गर्दा आफैले म्युचुअल फण्ड सञ्चालन गर्न पाउनेदेखि लिएर लगानी व्यवस्थापनका कामहरु गर्न सजिलो पर्नेछ । सबैभन्दा पहिला एशियन क्यापिटलले वेल्थ म्यानेजमेन्ट खरिद गरेको थियो । त्यस्तै नेपाल लाइफले नेशनल मर्चेन्ट किनेर नेपाल लाइफ क्यापिटल बनाएको छ । मिलेसम्म फुल फ्लेजको तर काम गर्न नसकेका मर्चेन्ट बैंक खरिद गर्ने नसके आफै नयाँ लाइसेन्स लिने दाउमा कम्पनी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS