Connect IPS
IME Life

आइएमई जनरल र नेपाल इन्स्योरेन्स मर्ज नहुने, आइएमई समुहले शेयर बेचेर क्रस होल्डिङ हटाउदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले क्रस होल्डिङ भएका बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै आइएमई समुहले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको शेयर बिक्री गर्ने भएको छ । आइएमई समुहले क्रस होल्डिङ हटाए सँगै यसै समुहको लगानी रहेको आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज नहुने पक्का भएको छ ।

आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट प्रा.लि. र आइएमई होल्डिङ्ग प्रा.लि.ले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि नेपाल इन्स्योरेन्स कम्पनीलाई निवेदन दिएका छन् । आइएमई समुहले आफ्नो शेयर बिक्री गर्न निवेदन दिए सँगै नेपाल इन्स्योरेन्स कम्पनीले हाल विध्यमान शेयरधनीहरुलाई उक्त शेयर खरिदका लागि ३५ दिने सूचना जारी गरेको छ ।

Prabhu
Crest

आइएमई समुहका तीन वटै संस्थापकको नाममा ७ लाख १९ हजार २०५ कित्ताका दरले २१ लाख ५७ हजार ६१५ कित्ता शेयर रहेको छ । यस समुहले उक्त शेयरको न्युनतम बिक्री मुल्य ३२५ रुपैयाँ तोकेको छ । यदि ३५ दिन भित्र विध्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न नचाहेमा कम्पनीले अन्य लगानीकर्ताका लागि आह्वान गर्नेछ । अहिले तोकिएको न्युनतम मूल्यकै आधारमा पनि आइएमई समुहले उक्त शेयर बिक्री गरेर ७० करोड १२ लाख रुपैयाँ पाउनेछ ।

आइएमई समुहको लगानी रहेको आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने अनुमान गरिएको थियो । अव मर्जर नहुने लगभग पक्का भएको छ । आइएमई जनरलले अन्य कम्पनी सँग मर्जर गर्ने योजना अनुरुप नै अहिले शेयर बिक्री गर्न थालेको हो ।

बीमा समितिले गत वर्ष क्रस होल्डिङ्ग देखिएका बीमा कम्पनीहरुलाई पत्र काटेर मर्जरमा जाने या शेयर बिक्री गर्ने मध्ये एउटा उपाय रोज्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुरुप नै आइएमईले शेयर बिक्री गर्न खोजेको देखिन्छ ।  आइएमई समुहले नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरेर आइएमई जनरललाई अर्को कम्पनी सँग मर्ज गराउने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS