काठमाडौं । नेप्से सूचक १६.६० अंकले घट्दा पनि ५६ वटा म्युचुअल फण्ड तथा कम्पनीको शेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै म्युचुअल फण्डको मूल्यमा सुधार आएको छ ।
कम्पनी तर्फ हेर्ने हो भने सबैभन्दा धेरै माउन्टेन इनर्जीको ३.३६ अंकले सुधार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको २.६७ प्रतिशतले बढेको छ । त्यस्तै अन्य कम्पनीहरु किसान लघुवित्त १.९१ प्रतिशत, जानकी फाइनान्स १.८८ प्रतिशत, माउन्टेन इनर्जी १.८६ प्रतिशतले बढेको छ ।