Connect IPS
IME Life

थामिएन शेयर बजार, ब्रोकर लाइसेन्स खुला गर्ने नीतिले पनि बढ्न सकेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत साता सुधारिएको शेयर बजार यस सातामा भने बढ्न सकेन । विगत ५ कारोबार दिनमा ६० अंकले घटिसकेको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग अनुरुप ब्रोकरको लाइसेन्स खुला गर्ने नियम बनाएको छ । त्यस्तै शेयर बजार सुधारमा अर्थमन्त्री जनार्दन शर्माले खासै चासो नदिएको भन्दै उनिको बहिर्गमन चाहिरहेका लगानीकर्ताका लागि पनि सुखद रह्यो ।

त्यस्तै निर्वाचन आयोगले असोज २ गते संघिय र प्रदेशको चुनावका लागि प्रस्ताव गरिसक्दा पनि शेयर बजारमा भने खासै रौनक देखिन सकेको छैन । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कदमलाई बधाई दिदै गर्दा अहिलेका विध्यमान ब्रोकरहरु भने रुष्ट छन् । उनिहरु आफ्नो बजार खोसिन लागेको धन्दै बोर्डको कदमलाई विरोध गरेको देखाउन पनि बजार घटाउन भुमिका खेलिरहेका छन् । अहिले पनि शेयर बजारको ४० प्रतिशत कारोबार ब्रोकर तथा ब्रोकरमा काम गर्ने कर्मचारीको हुने गरेको छ । त्यसैले पनि तत्कालिन अवस्थामा शेयर बजार सुधार हुन नसकेको हो ।

Prabhu
Crest

बिहीबार नेप्से सूचक १६.६० अंकले घटेको छ । सूचकमा ओरालो लागे सँगै कारोबार रकम पनि एक अर्ब ८० करोड रुपैयाँमा सिमित भएको छ । आज म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट देखिएको छ ।

एलआईसी नेपाललाई माउ कम्पनी एलआईसी इन्डियाले हकप्रद शेयरका लागि एक अर्ब २९ करोड रुपैयाँ दिने निर्णय गरे सँगै कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज सबैभन्दा धेरै समिट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.२० प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS