काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले योजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि खुल्ला गरिएको साधारण शेयर निष्काशन तथा विक्रि बन्दा गरिएको छ । उक्त साधारण शेयर असार १ गतेदेखि २२ गतेसम्म खुल्ला गरिएको थियो ।
आफ्नो जारी पूँजी ५८ करोड ८० लाख, ३६ हजार ९ सय मध्ये १० प्रतिशत अर्थात् ५ करोड ८८ लाख ३ हजार ७ सय रकम बराबरको सय रुपैयाँ अंकित दरले ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर आयोजनाप्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वार्ड नं २, ३ ,४ र ६ (साविक सार्दिखोलागा.वि.स, घाचोक गा.वि.स, लाहाचोक गा.वि.स र धितालगा.वि.स) का बासिन्दाहरुको लागि शेयर निष्कासन गरिएको थियो ।
यस निष्काशनकार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, बैंक तथा वित्तीय संस्थाहरुलाई असार २२ देखि आवेशन फारम बन्दा गर्न हाइड्रोपावरले अनुरोध गरेको छ ।