काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ३३ अंकले बढेर २,०४३ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको शेयर मुल्य बढेको छ भने ५९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै एलआइसी नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका हुन् । सिभिल बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनसीसी बैंक डिबेञ्चर २०८६ का इकाइधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।