काठमाडौं । आज शेयर बजार ४६ दशमलव ८ अंकले घट्दा २०३० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिवाइसी नेपाल लघुबित्तका लगानीकर्ताले कमाएका छन् । लघुवित्तले सर्किट ब्रेक गरेसँगै प्रति शेयर मूल्य १५४३ रुपैयाँ ९० पैसा कामय भएको छ ।
यसैगरी आज सर्वाधिक कमाउने कम्पनीमा ङादी ग्रुप रहेको छ । आज ङादी ग्रुपको शेयर ९ दशमलव ९७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३१८ रुपैयाँ ८० पैसा कायम भएको छ । साथै आधिखोला लघुवित्तको शेयर ९ दशमलव ६१ प्रतिशतले र स्वाभिमान लघुवित्त वित्तीय संस्थानको शेयर ८ दशमलव १० प्रतिशले वृद्धि भएको छ ।