काठमाडौं । आज शेयर बजार ४६ दशमलव ८ अंकले घट्दा २०३० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानीमा बैकको प्रोमोटर शेयर कारोबार भएको छ । बैंकको कुल ३० करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी आज अरुण काबेली पावरको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सिभम सिमेन्टको १० करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै हिमालयन डिष्टिलरीको १० करोड २१ लाख रुपैयाँको शेयर कारोबार हुँदा अप्पर तामाकोशीको भने ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।