काठमाडौं । आज शेयर बजार ९ दशमलव ७५ अंकले घट्दा कारोबार रकम भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रहेको छ । आज बजार घट्दा सबैभन्दा धेरै सिभम सिमेन्टको शेयर कारोबार भएको छ । सिभमको १७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने यस अवधिमा प्रति शेयर मूल्य ८२६ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार हुँदा प्रति शेयर मूल्य भने ३६०० रुपैयाँ कायम भएको छ । साथै, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार हुँदा प्रति शेयर मूल्य भने ६१० रुपैयाँ कायम भएको छ । आज अरुण कावेली पावरको ११ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अप्पर तामाकोशीको ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।