काठमाडौं । विगत दुई सातादेखि सर्वाधिक तल्लो विन्दुबाट लगातार उकालो लाग्ने क्रममा आज भने ब्रेक लागेको छ । लगानीकर्ताले नाफा बुक गर्दा आज ९ अंकले घटेको छ । असार ९ गतेदेखि शेयर बजार सुधार हुने क्रममा २५० अंकसम्मक सुधार देखिएको छ ।
आज सोमबार पनि कारोबार खुल्ने वित्तीकै सुधार भएको थियो । एक बजेतिर नेप्से सूचक अधिकतम २०४१ अंकसम्म पुग्यो । यस अवधिमा ५० अंक भन्दा माथिको सुधार थियो । कारोबारको अन्तिम घण्टामा झण्डै ३० अंकले घटिसकेको थियो । तर अन्तिम मिनेटमा केहि बाउन्स ब्याक हुँदा ९ अंक भन्दा धेरैले घट्न सकेन ।
आजै अल्पकालिन लगानीकर्ताले नाफा बुक गरेका छन् भने ठुला लगानीकर्ताले शेयर उठाउन थालेका छन् । पछि ७/८ महिना यताकै सर्वाधिक धेरैको कारोबार भएको छ । आज सोमबार मात्रै ४ अर्ब ३४ करोड रुपैयाँको खरिद बिक्री भएको छ ।
आज सर्वाधिक धेरै सिवाइसिएल र ङादी ग्रपको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ । शिवम् सिमेन्ट र हिमालयन डिष्ट्रिलरीको सर्वाधिक धेरै कारोबार भएको छ । अझै केहि समय शेयर बजार सुधार हुन सक्ने भन्दै आज ठुला लगानीकर्ताले शेयर उठाएका छन् ।
बजार धेरै नै तल्लो विन्दुमा झरेकाले अव बजार सुधारमा अवसर रहेको भन्दै उनिहरुले खरिद गर्न थालेका हुन् । यदि मौद्रिक नीति शेयर बजार प्रतिकुल आयो भने बजार धेरै तल झर्छ अन्यथा अझै बजार सुधार हुने लगानीकर्ताको भनाइ छ ।