काठमाडौं । आज शेयर बजार ५७ दशमलव ६१ अंकले बढेर २०८६ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । कम्पनीको २ अर्ब २२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने प्रति शेयर मूल्य ५०९ रुपैयाँ कायम भएको छ ।
यसैगरी, हिमालयन डिष्टिलरीको ८ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने प्रति शेयर मूल्य ३ हजार ६२५ कायम भएको छ । साथै, सिभम सिमेन्टको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार हुँदा शेयर मूल्य भने ८३० रुपैयाँ कायम भएको छ । साथै एनआइसी एसिया बैंकको ६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार हुँदा प्रति शेयर मूल्य भने ७१८ कायम भएको छ ।
त्यस्तै नेपाल रिइन्स्योरेन्सको ६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने प्रति शेयर मूल्य ८२७ रुपैयाँ कायम भएको छ ।