IME Life

जीवन बीमकमध्ये पहिलो सहमति गरेका प्राइम,गुराँस र यूनियन लाइफको मर्जर प्रकृया कहाँ पुग्यो ?

SPIL
NIC ASIA

काठमाडौं। गाभ्ने गाभिने सहमति गरेका प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको सम्पत्ति,दायीत्व र कारोबारको मूल्यांकन कार्यको चरण पुरा भएको छ । बीमा समितिबाट गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमतिप्राप्त गरेका यी कम्पनीले मूल्यांकनकर्ताको नियुक्ति गरेर ड्यु डिलिजेन्स अडिट(डिडिए) अर्थात् सम्पत्ति,दायीत्व र कारोबारको मूल्यांकनकार्यको चरण पुरा गरेका हुन् ।

बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम यी तीन कम्पनीलाई एक(आपसमा गाभ्न र गाभिनका लागि सैद्धान्तिक सहमति दिएको हो । सैद्धान्तिक सहमतिपछि निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरेर प्रकृया अघि बढाएका हुन् ।

Prabhu
Crest

यी तीन कम्पनीबीच गत बैशाखमा २९ मागाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतामा हस्ताक्षर पछि बीमा समितिले जेठ ३ गते यी तीन कम्पनीलाई आपसमागाभ्ने गाभिने सैद्धान्तिक समहित जारी गरेको हो । सम्बद्ध श्रोतका अनुसार अहिले भारतीय बीमांकीलाई निम्त्याएर बीमांकीय मूल्यांकनको कार्य भइरहेको छ । बीमांकी मूल्यांकन पुरा भएपछि संयुक्त कम्पनीको नाम, स्वाप रेसियो,पूँजी संरचना, एकीकृत कारोबार शुरु गर्ने मिति लगायतको विषय स्पष्ट खुलाएर पुनः तीनवटै कम्पनीबीच सम्झौता गर्नुपर्ने प्रावधान छ ।

दोश्रो सहमति भइसकेपछि स्वाप रेसियो सहित नयाँ कायम हुन आउने शेयरधनीको लगत सहित बीमा समितिमा सोको विवरण बीमा समिति समक्ष पेश गर्नुपर्नेछ । यी तीन बाहेक ज्योती लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स बीच पनि गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक सहमति भइसकेको छ । दुबै कम्पनीले सम्पत्ति,दायीत्व र कारोबारको मूल्यांकनका लागी बीमा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गर्ने र मूल्यांकनकर्ता नियुक्त गर्दैछन् ।

गाभ्ने गाभिने सम्बन्धमा दुबै सहमति कार्यान्वयनमा आएमा हाल रहेको २० बाट जीवन बीमा कम्पनीहरुको संख्या १६ माझर्ने छ । बीमा समितिका उच्च अधिकारीहरुका अनुसार असार मसान्तसम्ममा थप जीवन बीमक र निर्जीवन बीमक मर्जरको प्रस्ताव लिएर आउने छन् ।

गत बैशाख २२ गते गाभ्ने गाभिने सम्बन्धमा पहिलो सहमतिपत्रमा हस्ताक्षर गरेका हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको सम्पूर्ण प्रकृया पुरा भइसकेको छ । यी कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि संयुक्त कारोबार शुरु गर्ने घोषणा समेत गरिसकेका छन् । एकीकृत कारोबारसँगै निर्जिवन बीमकको संख्या २० बाट १९ मा झर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS