काठमाडौं । बीमा समितिले सार्क राष्ट्र भित्रका सरकारी स्वामित्वका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्दा रेटिङमा लचकता अपनाएको छ । बीमा समितिले दक्षिण एशियाली राष्ट्र ‘सार्क राष्ट्र’ मार रहेका सरकारी स्वामित्वमा रहेका पुनर्बीमकको हकमा रेटिङ सम्बन्धी व्यवस्था लागु नहुने व्यवस्था गरेको हो ।
समितिले आज जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई पुनर्बीमा सम्बन्धी परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागु गरेको हो । जवकी स्वदेशी पुनर्बीमा कम्पनीहरुले धारण नगरेको व्यवसाय विदेशी पुनर्बीमा कम्पनीहरुलाई प्रदान गर्दा त्यस्ता पुनर्बीमाको रेटिङ कम्तिमा पनि एएम बेस्ट रेटिङ एजेन्सीको बि प्लास वा सो सरहको हुनु पर्ने भनेको छ । एस एण्ड पि रेटिङको हकमा ए, मुड्डिज रेटिङको हकमा ए टु र फिच रेटिको हकमा ए हुनै पर्ने समितिले जनाएको छ । अव यो व्यवस्था सार्क राष्ट्र भित्र सरकारी लगानीका पुनर्बीमा कम्पनीहरुमा भने लागु हुने छैन ।