IME Life

जेठ महिनासम्ममा जीवन बीमाको कुल बीमा शुल्क आर्जन एक खर्ब १९ अर्ब नाघ्यो, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले जेठ महिनामा मात्रै २ अर्ब ५९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् भने सोही महिनामा मात्रै ६ अर्ब ४८ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार जेठ महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १४ अर्ब ७९ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले यस अवधिमा ७ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले ६ अर्ब ९३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिसम्ममा एशियन लाइफले ५ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।मेट लाइफले ४ अर्ब ७८ करोड, सिटिजन लाइफले ४ अर्ब ६१ करोड, प्राइम लाइफले ४ अर्ब ४५ करोड, सूर्या लाइफले ४ अर्ब २५ करोड, सन नेपाल लाइफले ३ अर्ब ५३ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४३ करोड, ज्योति लाइफले ३ अर्ब २१ करोड, आइएमई लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी समितिको तथ्याङक अनुसार गुराँस लाइफले २ अर्ब ७३ करोड, रिलायन्स लाइफले २ अर्ब ५८ करोड, सानिमा लाइफले २ अर्ब ३ करोड, प्रभु लाइफले १ अर्ब ७४ करोड र महालक्ष्मी लाइफले १ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS