काठमाडौं । असार १४ गते मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा शेयर कारोवार खासै हुन सकेन् । आइतबार करिव ९५ अङ्कले वृद्धि भएको बजार पछिल्ला दुई कारोवार दिन भने घटेको छ। आइतबार र सोमबार २ अर्ब माथि कारोबार भएकोमा आज भने १ अर्ब माथि मात्र कारोबार भएको छ।
नेप्से परिसूचक ११ दशमलव ८२ अंकले (शुन्य दशमलव ६१ प्रतिशत ) घट्दा १ अर्ब ०५ करोड बराबरको मात्र शेयर कारोबार भएको छ । आज सबै भन्दा धेरै कारोबार ब्रोकर नम्बर २८ बाट भएको छ भने दोश्रोमा ३४ नम्बर ब्रोकरबाट धेरै कारोबार भएको छ । ब्रोकर नम्बर २८ बाट ६ करोड ६६ लाख बराबरको शेयर खरिद हुँदा ७ करोड ६१ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर २८ बाट खरिद भन्दा ९५ लाख धेरै बिक्री भएको छ।
दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ६ करोड ४३ लाख बराबरको शेयर खरिद हुँदा ५ करोड ४८ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ३४ बाट बिक्री भन्दा ९५ लाख धेरै खरिद भएको छ।
आज सर्वाधिक शेयर कारोबार गर्ने शिर्ष ५ ब्रोकर मध्ये ब्रोकर नम्बर ३४ बाट बाहेक सबै ब्रोकरबाट खरिद भन्दा धेरै बिक्री भएको छ।
नोट : उपलब्ध फ्लोरसिट तथ्यांकको आधारमा तयार गरिएको यो सामाग्री शेयर खरिद बिक्री निर्णयका लागि होइन, विशुद्ध शैक्षिक प्रयोजनका लागि हो।