बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ८२ अंकले घटेर १,९२१ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४६ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ र जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै सिर्वासी नेपाल लाघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी इक्इिटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार