नेप्सेमा दोहोरो अंकको गिरावट, अर्बमाथिको कारोबार हुँदा एशियनको सर्वाधिक

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ८२ अंकले घटेर १,९२१ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४६ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ र जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३० वटा कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५७७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एलआइसी नेपालको ५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिर्वासी नेपाल लाघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी इक्इिटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार