काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा धितोपत्रको दोस्रो बजारमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी एक आपसमा मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार रोक्का भएको हो ।
हिजो आइतबार मर्जर सम्बन्धी सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले आइतवार हस्ताक्षर गरेका थिए ।