IME Life
Beema Board

मर्जरका लागि दुई इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट पाए अन्तिम स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई एक आपसमा गाभिनका लागि बीमा समितिले अन्तिम स्वीकृति प्रदान गरेको छ । बीमा समितिले यी कम्पनीलाई एक आपसमा गाभिनको लागि असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै जनाएको छ ।

यी दुई कम्पनी १ः शून्य दशमलव ८५ अनुपातमा गाभिने प्रस्ताव पारित गरेका हुन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

Prabhu
Crest

मर्जर पछि बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ , सिइओमा बिजय बहादुर शाह हुने र वरिष्ठ डिसिइओमा कमल गौतम रहनेछन् । साथै, हिमालय एभरेष्ट इन्स्योरेन्सको शाखा संख्या ७५ हुनेछ चने कर्मचारीको संख्या ४ सय ४४ जना हुने बताएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ। अब यी कम्पनीले छिट्टै एकिकृत कारोबार शुरु गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS