IME Life

भारतः सरोगेट मदरको कम्तीमा तीन महिनाको स्वास्थ्य बीमा गर्नुपर्ने

SPIL
NIC ASIA

काठमाडौं । केन्द्र सरकारले सरोगेसी अन्य महिलाको कोख बहालमा लिने ( गर्न चाहने दम्पतीले सरोगेट आमा)अरुको लागी सन्तान जन्माउन आफ्नो कोख बहालमा दिने महिलाको लागि तीन वर्षे स्वास्थ्य बीमा योजना खरिद गर्न अनिवार्य गरेको छ । भारत सरकारले जुन २१ गते प्रकाशित राजपत्रमा सूचना जारी गर्दै अनिवार्य स्वास्थ्य बीमा सम्बन्धि नयाँ प्रावधान जारी गरेको हो ।

इच्छुक महिला वा दम्पतीले बीमा नियामक र विकास प्राधिकरण(आइआरडिआइ) द्वारा मान्यता प्राप्त बीमा कम्पनी वा अभिकर्ताबाट ३६ महिने अवधिको लागि सरोगेट आमाको लागी सामान्य स्वास्थ्य बीमा गर्नुपर्छ । आइआरडिआइ ऐन, ९१९९९ को दफा ४१० गर्भावस्थाबाट उत्पन्न हुने सबै जटिलताहरू र सुत्केरी भइसकेपछिका जटिलताहरूको पनि जोखिम बहन गर्नका लागि पर्याप्त रकमको पर्याप्त छ, राजपत्र सूचनामा भनिएको छ।

Prabhu
Crest

नेपालमा विकृति भित्रिएको भन्दै सर्वोच्च अदालतले रोक लगाएपछि नेपालमा प्रतिबन्धित अवस्थामा रहेको छ । तर अझै पनि केही अनौपचारिकरूपमा अस्पतालमा यस्तो सेवा उपलब्ध रहेको छ । जैविक कारणले सन्तान जन्माउन असमर्थ हुने दम्पत्तिको विर्य अर्को कुनै महिलाको गर्भाशयमा राखेर बच्चा जन्माउने प्रकृयालाइ सरोगेसी भनिन्छ । यसमा कुनै अन्जान महिलालाइ निश्चित रकम दिएर उनको कोखको प्रयोग गरिएको हुन्छ । बच्चा जन्माउने प्रकृयाको लागी श्रीमानको विर्य काम नलाग्ने अवस्था छ भने अन्य कुनै पुरूषको विर्य प्रयोग गरिन्छ ।

श्रीमतिको डिम्ब काम नलाग्ने छ भने कोख बहालमा दिने महिलाको डिम्ब प्रयोग गरिन्छ । वा कुनै तेश्रो महिलाको डिम्ब पनि प्रयोग हुनसक्छ ।
विज्ञ चिकित्सकले प्रयोगशालामा डिम्ब र शुक्रकिटको उचित सम्मिश्रण गरेपछि कोख बहालमा दिने महिलाको गर्भमा राखिन्छ । गर्भमा बच्चा रहेपछि नियमित स्वास्थ्य परिक्षण पश्चात नौ महिना पछि बच्चा जन्माउने र कोख गर्भमा लिनको लागी पैसा तिर्ने सम्झौता गरेका दम्पत्तीलाइ नवजात शिशु हस्तान्तरण गरिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS