IME Life
Beema Board

एकीकृत कारोबार शुरू गर्ने तयारीमा रहेका हिमालयन एभरेष्टको कम्तीमा २५ शाखा गाभिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एकीकृत कारोबार शुरु गर्ने तयारी पुरा गरेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सकोे कम्तीमा २५ वटा शाखा कार्यालयहरु आपसमा गाभिने भएका छन् ।

प्रधान कार्यालय बाहेक हिमालयन जनरल इन्स्योरेन्सको ३८ र एभरेष्ट इन्स्योरेन्सको ३९ वटा शाखा संचालनमा रहेका छन् । यी दुबैको कूल ७७ वटा शाखा कार्यालयमध्ये २५ वटा तत्काल गाभिने देखिएको छ भने बाँकी रहने ५२ वटा शाखा कार्यालयको हकमा कम्पनी व्यवस्थापनले के निर्णय गर्ला भन्ने जिज्ञासाको विषय रहेको छ।

Prabhu
Crest

दुबै कम्पनीको संचालक समितिबीच भएको सम्झौता अनुसार प्रधान कार्यालय हिमालयन जनरल इन्स्योरेन्सको प्रधान कार्यालय बबरमहलमा राख्ने सहमति भएको छ । एभरेष्ट इन्स्योरेन्स प्रधान कार्यालय हात्तिसारमा रहेको छ ।

यी दुबै कम्पनीको वर्तमान् शाखा संजाललाई केलाउँदा प्रदेश नम्बर १ मा इटहरी, बिर्तामोड, दमक र विराटनगर सहित चारवटा शाखा गाभिने देखिएको छ । यो बाहेक एभरेष्टको विराटचोक र धरान तथा हिमालयन जनरलको इलाममा कुनै एक कम्पनीको मात्र शाखा संचालनमा छ ।

मधेश प्रदेशमा वीरगंज, जनकपुर, लहान र सिमरा पनि गाभिनेछन् । गाभिएपछि पनि एभरेष्ट इन्स्योरेन्सको राजविराज, लालबन्दी र चन्द्रनिगाहपुरमा शाखा थप देखिएको छ ।

दुबै कम्पनीको सबैभन्दा ठूलो शाखा संजाल रहेको बागमति प्रदेशको हेटौंडा,सिन्धुली,नारायणगढ, काठमाण्डौंको गोंगबु, चाबहिल, बनेपा, ललितपुर र भक्तपुर शाखा आपसमा गाभिने छन् । गाभिने संभावना रहेका बाहेक मेलम्ची, थानकोट, धादिङ, नुवाकोट, चौतारा,बज्रवाराही, कालिमाटी, महाराजगंज, बानेश्वर र न्यूरोड शाखा बाँकी नै रहनेछन् । यी स्थानमा दुई मध्ये एक कम्पनीको मात्र शाखा रहेको छ । हाल बागमति प्रदेशमा हिमालयन जनरलको १५ वटा र एभरेष्ट इन्स्योरेन्सको १३ वटा शाखा रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा कावासोती र पोखरा शाखा गाभिने संभावना देखिएको छ । यसबाहेक स्याङजा, दमौली र बाग्लुङ शाखाको कारोबारको हिसाबले अन्यत्र स्थानान्तरण गर्ने वा संचालनमै राख्ने भन्ने विषयमा निर्णय हुनेछ ।

लुम्बिनी अञ्चल अन्तर्गतको दाङ, बुटवल, भैरहवा र नेपालगंजका शाखाहरु आपसमा गाभिएर एकै ठाउँबाट सेवा प्रवाह गर्ने देखिएको छ । बाँकी रहेका मनिग्राम, चन्द्रौटा, लमही र बर्दिया शाखाको हकमा आम्दानी, संचालन खर्च र व्यवसायीक सम्भाव्यताको आधारमा व्यवस्थापनले निर्णय लिनेछ ।

कर्णाली प्रदेशमा सुर्खेत शाखा मात्र गाभिने देखिएको छ । सुर्खेत बाहेक कर्णालीको दैलेख र कालिकोटमा एभरेष्ट इन्स्योरेन्सको मात्र शाखा संचालनमा छ ।

सुदूरपश्चिमको धनगढी र महेन्द्रनगर शाखा आपसमा गाभिनेछन् । सुदूरपश्चिममा दुबै कम्पनीको यी दुई स्थानमा मात्र शाखा कार्यालय रहेको छ ।

दुबै कम्पनीले साउन १ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । एकीकृत कारोबार शुरु भएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स  लिमिटेडको नामबाट चिनिनेछ ।

श्रम ऐन अनुसार दुबै कम्पनीका कर्मचारीले हाल खाइपाई आएको तलब नघट्ने भएको छ । बीमा समितिले एकीकृत कारोबारका लागि दिएको अन्तिम स्वीकृतिमा पनि कर्मचारीले हाल खाईपाई आएको तलब, भत्ता कटौती नगर्न निर्देशन दिएको छ । अब दुबै मध्ये जुन कम्पनीको तलब भत्ता बढी हुन्छ, त्यही तलब भत्ता दुबै कम्पनीका कर्मचारीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS