काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ७८ अंकले बढेर १,८६२ दशमलव ०६ को विन्दुमा कयम भएको छ । आज १५० कम्पनीको शेयर मुल्य बढेको छ भने ४१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ७ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।