IME Life
GBIME

लगानीकर्ताको १९ बुँदे माग सम्बोधन भएसँगै नेप्सेमा सुधार, १५० कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लगानीकर्ताको १९ बुँदे माग सम्बोधन भएसँगै शेयर बजारमा सुधार देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ७८ अंकले बढेर १,८६२ दशमलव ०६ को विन्दुमा कयम भएको छ । पूँजी बजारको सुधारका लागि १९ बुँदे माग राख्दै विगत १० दिनदेखि शेयर लगानीकर्ता तिलक कोईराला आमरण असन बसेका थिए । बोर्डले आज उनको १९ बुँदे मागलाई सम्बोधन गर्दै समिति गठन गरेसँगै कोइरालाले अनसन तोडेका छन् । यससँगै शेयर बजारमा सुधार देखिएको हो ।

आज १५० कम्पनीको शेयर मुल्य बढेको छ भने ४१ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आज दिनभरिमा २२३ वटा कम्पनीको ३५ लाख ४१ हजार ५३७ कम्पनीको १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

ङादी ग्रुप पावरको ६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंकको ४ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ७ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS