काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत चैत ३० गते २६औं वार्षिक साधारण सभाबाट पारित गरेको लाभांश वितरण गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफबाट यस वर्ष ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएपश्चात सम्बन्धीत शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ११ प्रतिशत बोनश शेयर वापतको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता शेयर असार ७ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएको थियो ।