तिलोत्तमा– तिलोत्तमा ८ निवासी नर बहादुर खत्री र श्रीमती हिरादेवी खत्रीले आफ्नो छोरी ज्वाईको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले छोरी आशा खत्री र ज्वाईं कमल खत्रीलाई १५/१५ लाखको जीवन बीमा उपहार दिएका छन् ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुटवल शाखाबाट १५/१५ लाखको शुभारम्भ योजना खरिद गरी जीवनमा विपत्तिले निम्त्याउने आर्थिक समस्याको समाधान गर्न दाइजो भन्दा जीवन बीमा उत्तम हुने र यसले जीवन जोखिम हुँदा आर्थिक सहयोग प्रदान गर्ने भएकाले सबैलाई जीवन बीमा गर्न खत्री परिवारले सुझाव दिएका छन् ।
विवाह समारोहमा उपस्थित सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका बुटवल शाखा प्रमुख पूर्ण चन्द्र सुवेदीले अनुकरणिय कार्य गरेको र सबैले यस्तै कार्य गरेमा सबैको जोखिम बहन हुने, जीवन यात्रा सहज हुने भन्दै नव दम्पतीलाई वैवाहिक जीवनको शुभकामना प्रदान गरे । विवाह समारोहमा उपस्थित आफन्त , जन्तीपक्षले नौलो कामको प्रसंसा गर्दै आफूहरु पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।