Connect IPS
IME Life

युनियन लाइफद्धारा को–पाइलट उत्सव पोखरेलको परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले तारा एयरको विमान दुर्घटनामापरि मृत्यु भएका को–पाइलट उत्सव पोखरेलको परिवारलाई मृत्यु दाबी भुक्तानी उपलब्ध गराएको छ । पोखरेलले २०७८ चैत २८ गते युनियन लाइफ इन्स्योरेन्स पेप्सिकोला शाखामा जीवन आवरण पोलिसी अन्तर्गत बीमा गरेका थिए ।

Prabhu
Crest

युनियन लाइफ इन्स्योरेन्स पेप्सिकोला शाखाले मृतक पोखरेलका दाई उमेश पोखरेललाई ५० लाख ८ हजार ३ सय ३३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । पेप्सिकोला शाखाका शाखा प्रमुख खिलराज पोखरेलका अनुसार बीमा गरेको ४८ दिनपछि को–पाइलट उत्सव पोखरेलको मृत्यु भएको थियो ।

कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै मृतकका दाइलाई मृत्यु दाबी भुक्तानी गरेको शाखा प्रमुख खिलराज पोखरेलले बताए । उक्त कार्यक्रममा कम्पनीका डेपुटी सिइओ कविल कुमार दाहाल, प्रदेश प्रमुख हरिप्रसाद ढुङ्गाना, प्रदेश उप -प्रमुख अमर श्रेष्ठ तथा सिनियर एजेन्सीहरुको उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS