IME Life

४५ अंकले नेप्से घट्दा कारोबार रकम भने १ अर्ब ४९ करोड ९७ लाख

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर १,८४८ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ३१ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १९४ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

यसैगरी आज लक्ष्मि बैंकको शेयर पनि धेरै कारोबार भएको छ । आज लक्ष्मि बैंकको ६ करोड ३६ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने बैंकको शेयर मूल्य १९८ रुपैयाँ कायम भएको छ ।

आज सबैभन्दा धेरै आधिखोला लघुवित्त वित्तिय संस्थानका शेयर लगानीकर्ताले कमाएका छन् । आँधिखोलाको शेयर कारोबारले आज सर्किट ब्रेक गर्न सफल भएको छ भने शेयर मूल्य ८७ दशमलव ३० रुपैयाँ कायम भएको छ । यसैगरी सिवाइसी नेपालका लगानी कर्ताले पनि धेरै कमाएका छन् । सिवाइसी नेपालको शेयर ९ दशलव ९९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५५ रुपैयाँ कायम भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS