स्थानियका लागि निष्काशन गरेको अप्पर सोलुको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले स्थानियका लागि निष्काशन तथा विक्री खुला गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीको आइपीओ असार ८ गते बुधवार बाँडफाँड भएको हो ।

कम्पनीले बैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दामा आईपीओ निष्काशन गरेको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १३ करोड ५० लाख बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १३ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

स्थानीयमा आईपीओ जारी गरेको कम्पनीले असार २० गतेदेखि सर्बसाधारणका लागि आइपीओ निष्काशन गर्दैछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमवी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार