काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव २१ अंकले घटेर १,८९३ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शहहेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शयर कारोबार भएको छ । बैंकको ३ करोड ३९ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७८२ रुपैयाँ कायम भएको छ ।
आज नेपाल बैंको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको २ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइससी एशिया बैंकाको २ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्लोबल ग्लोबल आइएमई सम्मुनत स्किमका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतकै दरले कमाएका छन् । नविल फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाउका छन् ।
आज सबैभन्दा धेरै यूनाइटेड इर्दी मर्दिका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।