SKIP THIS

MLBL
IME Life
Beema Board

तिलक कोईरालाका १९ बुँदे मागको विषयमा धितोपत्र बोर्डका अध्यक्षको संबोधन, अनसन तोड्न आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शेयर बजार सुधारका लागि १९ बुँदे माग राख्दै आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोईरालाको मागलाई संबोधन गरेका छन् । हमालले पत्रकार सम्मेलन गर्दै उनका हरेक मागका विषयमा ब्रिफिङ गरेका हुन् ।

उनले लगानीकर्ताले राखेका माग प्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । बोर्डको वर्तमान नेतृत्वले वार्ता तथा सहमतिका लागि पहल गरिरहेको हमालले जानकारी गराएका छन् । उनले लगानीकर्ताले राखेका १९ बुँदे माग कार्यान्वयन तर्फ अगाडी बढिरहेको भन्दै आस्वासन समेत गराएका छन् । उनले लगानीकर्ताको माग संबोधन गर्ने क्रममा अधिकाम्स मागहरु नेपाल धितोपत्र बोर्डको समेत रहेको हुँदा यसको पहल बोर्डले गर्ने हुँदा अहिलेलाई अनसन तोड्न हमालले आग्रह समेत गरेका छन् ।

Prabhu
Crest

लगानीकर्ताले राखेका कतिपय माग बोर्डकै माग रहेको भन्दै हमालले यस अगाडी नै कार्यान्वयनको चरणमा रहेको जानकारी गराएका छन् । बोर्डले गैर आवासिय नेपालीहरुलाई लगानी गर्न पाउने व्यवस्थाका लागि राष्ट्रिय योजना आयोग सँग छलफल गरी मन्त्रिपरिषदमा पठाउने अन्तिम तयारीमा रहेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई आइपिओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था यहि असारको अन्तिम तथा साउनको पहिलो साताबाट कार्यान्वयनमा आउने उनले बताए ।

लगानीकर्ताले सोचेका कुराहरु र बोर्डले गर्न लागेका कुराहरुमा केहि पनि फरक नभएको उनले बताए । लगानीकर्ता र बोर्डका साझा एजेण्डा रहेको हुँदा कार्यान्वयनको चरणमा रहेको उनले प्रतिवद्धता व्यक्त गरेका छन् । एसएमी प्याटफर्म बनाउने कुरा विगत तीन महिनादेखि अगाडी बढेको हमालले जानाए ।

कोईरालाले, विगतको एमाले सरकारले साढे तीन वर्षअघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिनाअघि गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल गर्नुपर्ने भन्दै पहिलो माग राखेका थिए । यस विषयमा धितोपत्र बोर्डले नेपाल सरकार र नेपाल राष्ट्र बैंक सँग निरन्तर छलफल गरिरहेको हमालले जनाएका छन् ।

सूचीकृत साना कम्पनीहरूका लागि एसएमई प्लेटफर्म तत्काल व्यवस्था गरी साना र नयाँ कम्पनीहरूको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, वाणिज्य बैंकहरूलाई खुला छाड्नुपर्ने लगानीकर्ताको माग रहेको छ । यो काम बोर्डले अगाडी बढाइसकेको समेत उनले जानकारी गराएका छन् । कानुनी काम भइसकेको हुँदा केहि प्राविधिक कामहरु सकिने वित्तीकै यो अगाडी बढ्ने उनको धारणा छ ।

ब्रोकर शाखा विस्तार र उनीहरूले निर्माण गरेको टीएमएस सञ्चालनका लागि तत्काल स्वीकृति दिनुपर्ने । लगानीकर्ताको यो माग पनि पुरा भइरहेको उनको धारणा छ । बोर्डले २३ वटा शाखाका लागि स्वीकृति दिएको र केहि शाखाका लागि स्वीकृत दिने प्रकृया अगाडी बढिरहेको उनले बताए ।

मर्जर र एक्वीजिसन हुँदा कारोबार रोक्का गर्नु हुँदैन भन्ने लगानीकर्ताको मागको आवाज उठाउने व्यक्ति म आफै भएको भन्दै हमालले यसको कार्यान्वयका लागि पहल भइरहेको बताएका छन् । गभर्नर सँग यस विषयमा कुराकानी भइरहेको उनले बताए । ब्रोकरहरुको क्षमता बढाउनका लागि बोर्डले आवस्यक काम गरिरहेको समेत उनले प्रष्ट पारे । यसका लागि बोर्डले कार्यविधि बनाइरहको हुँदा भोलिका दिनमा ब्रोकरको क्षमता बढाउने किसिमले नीतिगत काम भइरहेको उनले जानकारी दिए ।

नेपाल स्टक एक्सचेन्जको शेयर विनिवेशको सम्बन्धमा नेपाल सरकारले निर्णय गर्ने पर्ने भएकाले यो काम सरकारले अगाडी बढाइरहेको समेत उनले जानकारी दिएका छन् । धितोपत्र शुल्कका सम्बन्धमा पनि बोर्डको अध्ययन सम्पन्न हुने चरणमा रहेकाले छिट्टै अन्तिम रुप दिने उनले जनाए ।

दीर्घकालिन लगानीकर्ताको पूँजीगत लाभकर घटाउनका लागि बोर्डको नीति तथा कार्यक्रममा समावेश गरेको अध्यक्ष हमालले जनाएका छन् । बोर्डले बजेटमा सुझाव प्रस्ताव गर्दा यस विषयलाई पनि उल्लेख गरेको तर संबोधन नभएको भन्दै दुखेसो समेत पोखेका छन् । यसलाई पनि पहल गरिरहेको उनले बताए ।

धितोपत्र बजारमा नयाँ लगानीकर्तालाई प्रवेश गराउनका लागि विभिन्न उपकरण भित्र्याउने काम भइरहेको उनले जनाए । मौद्रिक नीतिको समिक्षा मार्फत शेयर बजारमा परेका प्रभावका विषयमा संबोधन गर्ने कुरा भइरहेको छ । उनले भने आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि के के कुराहरुले संबोधन गर्ने भन्ने विषयमा उच्च स्तरिय समितिले सुझाव समेत दिएको भन्दै जानकारी गराएका छन् ।

लगानीकर्ताले राखेका माग संबोधनका लागि बोर्डले अगाडी बढाएको भन्दै हमालले नेपालमा मात्रै शेयर बजार तल नझरेको र विश्वमै शेयर बजार तल झरिरहेको उल्लेख गरेका छन् । उनले शेयर बजार घट्नुको एक कारण मौद्रिक नीतिको ४/१२ हो जस्तो लाग्छ भन्दै अभिव्यक्ति दिएका छन् । ४/१२ को कारणले बिक्री चाप बढेको उनले बताएका छन् । १५० प्रतिशत जोखिम भारित औषतलाई अलि कम गरियो भने उचित हुन्छ भन्ने बोर्डको धारणा रहेको छ । त्यसैले नेपाल राष्ट्र बैंक सँग यस विषयमा छलफल भइरहेको बताएका छन् ।

वित्तीय क्षेत्रका नियामक निकायले ल्याउने नीतिले शेयर बजारलाई कत्तीको प्रभाव पार्छ भन्ने कुरालाई ख्याल गरे मात्रै ल्याउनु पर्ने हमालको तर्क छ । उनले नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड जस्ता संस्थाले शेयर बजारलाई प्राभाव पार्ने विषयमा समन्वय गरेर अगाडी बढ्नु पर्ने धारणा राखेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS