Connect IPS
IME Life

शेयर बजार वियरिस ट्रेण्डको तल्लो विन्दुबाट फर्किदै, लगानीकर्तालाई राहत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार ओरालो झरिरहेको शेयर बजारका लगानीकर्ताले आज केहि राहत पाएका छन् । विगत १० महिनाको वियरिस बजारमा १३१५ अंक भन्दा धेरैले घट्यो । लगातार शेयर बजार ओरालो झर्दा सम्पुर्ण लगानीकर्ता अहिले नोक्सानमा छन् ।

हिजो सोमबार नेप्से सूचक अघिल्लो बुलको अधिकतम तल्लो विन्दु भन्दा पनि तल झर्यो । सामान्यतय बुल र वियरिस साइकलमा अघिल्लो बुलको अधिकतम विन्दु नै पछिल्लो बुलको न्युनतम बन्ने गरेको पाइन्छ । विगतको बजारलाई हेरेर पनि लगानीकर्ताले शेयर बजार यस भन्दा तल नझर्ने आकलन गरेका हुन् ।

Prabhu
Crest

शेयर बजारको सुधारको माग गर्दै लगानीकर्ता तिलक कोइराला विगत ७ दिनदेखि आमरण अनसन बसिरहेका छन् । आमरण अनसन बसेका लगानीकर्ता तिलक कोइरालाको माग संबोधन हुँदा शेयर बजार सुधार हुने भन्दै आजैदेखि लगानीकर्ताले शेयर खरिद गर्न थालेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले नै नेपाल राष्ट्र बैंकले चाल्नु पर्ने कतिपय कदम सच्चाउनु पर्ने बताउदै आएका छन् । यदि अनसनकर्ता कोइरालाको माग संबोधन गर्ने हो भने नेपाल राष्ट्र बैंकले पनि शेयरधितो कर्जामा लाग्दै आएको ४/१२ करोड रुपैयाँको सिमालाई पनि सच्याउनु पर्ने हुन्छ । यदि राष्ट्र बैंक शेयर बजार प्रति चलक बन्यो भने शेयर बजार पुनः सुधार हुने आकलन गरिएको छ ।

अर्को तर्फ साउन पछि बैंकहरुमा पनि विस्तारै तरलता आउने र तरलता अभावको समस्या विस्तारै समाधान हुने आकलन गरिएको छ । यसले गर्दा अहिलेको नेप्से सूचक सबैभन्दा विन्दुमा रहेको विश्लेषण गरिएको छ । अहिलेको समयमा शेयर खरिद गर्दा आगामी दुई तीन महिनामै राम्रो लाभ लिन सकिने आकलन गर्दै खरिद चाप बढ्दा बजार सुधार देखिएको हो ।

कतिपय लगानीकर्ताले यहि नै शेयर बजारको सबैभन्दा तल्लो विन्दु भएको आकलन गरिरहेका छन् । यदि यहि नै तल्लो विन्दु रह्यो भने अवको केहि समयमै शेयर बजारबाट राम्रो लाभ लिन सकिने लगानीकर्ताको योजना छ । यसले गर्दा पनि शेयर बजारमा सुधार आएको हो । अर्को तर्फ आगामी कार्तिक मंसिरमा संघिय चुनाव हुँदैछ । चुनाव अगाडी प्राय शेयर बजार सुधार हुने गरेका विगतका इतिहासले पनि लगानीकर्ता अहिले खरिद गर्ने योजनामा छन् ।

चुनाव पछि बजारमा कालोधन आउने र बजारमा तरलता अभावको समस्या विस्तारै हट्दै जाने विश्लेषण गरिएको छ । तर यसका लागि पनि केहि समय कुर्नु पर्ने हुन्छ । यि नै कारणले मंगलबार नेप्से सूचक ३७ अंकले सुधार भएको छ । शेयर बजार १.९९ प्रतिशतले बढेर १९२२.३० अंकमा बन्द भएको छ । बजार सुधारको संकेत सँगै केहि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट तथा अधिकतम दरले बढेका छन् ।

हिजो नेप्से सूचक सर्वाधिक तल्लो विन्दुमा हुँदाको भन्दा आज कारोबार रकम घटेको छ । आज एक अर्ब २३ करोड रुपैयाँको खरिद बिक्री भएको छ । ६ वटा कम्पनीको मूल्य घटेपनि १८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । बजार बढे पनि अझै बजार सुधार हुने हो या होइन भन्ने अन्योलले पनि कारोबार रकम सुधार हुन नसकेको हो । बजार धेरै नै तल्लो विन्दुमा झरेकाले बजार सुधार हुन अझै केहि समय लाग्ने हुँदा शेयर खरिका लागि अझै केहि समय कुर्ने पो हो कि भन्ने शंका भने कायमै छ । तै पनि कतिपय लगानीकर्ताले पनि शेयर खरिद गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS