काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३७ दशमलव ४९ अंकले बढेर १९ सय २२ को विन्दुमा कायम भएको छ । आज १८९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २३१ वटा कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।