काठमाडौं । एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । एनएलजी इन्स्योरेन्सको १२ लाख ६ हजार १३ दशमलव शून्य ५ कित्ता बोनश शेयर, प्रभु इन्स्योरेन्सको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता र नेशनल हाइड्रोपावर कम्पनीको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
नेशनल हाइड्रोपावरले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।
प्रभु इन्स्योरेन्स कम्पनीले चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनश शेयर र एनएलजी इन्स्योरेन्स कम्पनीले चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।
यी तिन वटै कम्पनीको बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।