IME Life

छिटोछरितो दाबी भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमा कार्यक्रम समस्यामा

SPIL
NIC ASIA

काठमाडौं । अस्पतालहरुको दाबी भुक्तानीमा ढिलासुस्तीको कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावित हुन पुगेको छ । देशभर विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुमार्फत् कार्यक्रम संचालन गर्दै आएको स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुबाट प्राप्त दाबी भुक्तानी समयमै नगर्दा सर्वसाधारण सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ ।

बोर्डले लामो समयदेखि दाबी भुक्तानी नदिएको कारण देखाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगंजले समेत बोर्डले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी बीमितलाई स्वास्थ्य सेवामा रोक लगाएको छ ।

Prabhu
Crest

शिक्षण अस्पतालले बोर्डबाट ६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी प्राप्त हुन नसक्दा उपचारका लागी आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न बजेट नभएकाले बाध्य भएर सेवा बन्द गर्नुपरेको प्रेस विज्ञप्तीमार्फत् नै जानकारी दिएको छ । त्यसैगरी धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरी तीन अस्पताले स्वास्थ्य बीमाको दाबी भुक्तानी नपाएपछि उपचार गर्न नसक्ने जानकारी गराएको स्वास्थ बीमा बोर्डले जनाएको छ।

गत असोजमा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालले दाबी भुक्तानीकै विषयलाई लिएर स्वास्थ्य बीमा अन्तर्गतको सेवा बन्द गरेको थियो । स्वास्थ्य बीमा बोर्डले अनुसार बीमाशुल्कवापत आम्दानीको तुलनामा दाबी भुक्तानी उच्च भएको तथा सरकारले उपलब्ध गराएको बजेट अपुग भएको हुँदा दाबी भुक्तानीमा समस्या देखिएको प्रतिकृया दिएको छ ।

अर्थ मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको लागी चालु आर्थिक वर्षमा ७ अर्ब ५० करोड विनियोजन गरेकोमा ७ अर्ब ३६ करोड खर्च रुपैयाँ खर्च भइसकेको छ । बोर्डका अनुसार अस्पतालहरुबाट प्राप्त दाबी भुक्तानी र अन्य खर्च पूर्तिको लागि थप ६ अर्ब रुपैयाँ अपुग भएपनि अर्थमन्त्रालयले १ अर्ब रुपैयाँ मात्रै स्वीकृति दिएको छ।

पर्याप्त जनशक्तिको अभावमा दाबी सम्बन्धी कागजपत्रहरुको अनुसन्धान गर्न ढिलो हुँदा समेत दाबी भुक्तानी ढिलो भएको बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले सार्वजनिक प्रतिकृया दिएका छन् ।

उनले बोर्डमा बढ्दो कामको चापलाई व्यवस्थित गर्नको लागि थप ९ सय कर्मचारी आवश्यक भएको बताएका छन् । बोर्डका अनुसार हाल काज र करार सहित जम्मा ३ सय ८२ जना कर्मचारी कार्यरत छन् । स्वास्थ्य मन्त्रालयसँग पटक पटक थप जनशक्ति माग गर्दा समेत उपलब्ध नभएको बोर्ड व्यवस्थापनको गुनासो छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS