IME Life
Beema Board

भारतीय निर्जीवन बीमाले रासायनिक मलको आयातमा सुरक्षा प्रदान गर्न ८० करोडको कोष बनाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतीय निर्जीवन बीमा कम्पनीले रुस र बेलारुसबाट आयात हुने रासायनिक मलको आयात व्यापारमा वित्तीय सुरक्षा प्रदान गर्नको लागी ८० करोड रुपैयाँको कोष बनाउने तयारी गरेको छ।

भारतले रूस र बेलारुसबाट ठूलो परिमाणमा रासायनिक मलको आयात गर्दै आएको छ ।युरोपेली र अमेरिकी पूनर्बीमा कम्पनीले जारी यूद्धका कारण रुस र बेलारुसबाट हुने आयातमा पूनर्बीमा सहयोग गर्न इच्छुक नभएकाले संभावित जोखिम बहन गर्नको लागी निर्जीवन बीमा कम्पनीले सामूहिक कोष(बीमा पुल) खडा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

यो कोषको ठूलो हिस्सा सरकारी स्वामित्वको पूनर्बीमा कम्पनी जीआईसी रि र बाँकी विभिन्न निर्जीवन बीमा कम्पनीहरूले योगदान गर्ने भएका छन् । युक्रेनमा रुसको सैन्य कारबाहीका कारण यूरोप र अमेरिकाका पूनर्बीमा कम्पनीले रुस र बेलारुसबाट बाहिरिने सामानलाई पूनर्बीमा जोखिम बहन गर्दैनन् ।

बीमा कम्पनीहरुबीच भएको सहमति अनुसार निर्जीवन बीमकले रासायनिक मल आयातको बीमाशुल्कवापत संकलन गरेको रकममध्ये प्रशासनिक खर्च कटाएर बाँकी रकम कोषमा जम्मा गरिनेछ ।

रासायनिक मलको आयात सम्बन्धमा हुने वित्तीय जोखिम बहन गर्नको लागी बीमा पुल स्थापना र संचालन गर्न बीमा नियामक तथा विकास प्राधिकरण९आइआरडिइएआई०ले स्वीकृति दिइसकेको छ । भारतमा यसअघि देखि नै आतंकवाद बीमा पुल, आणविक बीमा पूल संचालनमा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS