GBIME
IME Life

शेयर बजार अघिल्लो बुलको अधिकतम विन्दु भन्दा तल झर्यो, कारोबारमा भने देखियो आकर्षण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर लगातार तल झर्ने क्रममा यस भन्दा अघिल्लो बुलको अधिकतम विन्दु भन्दा तल झरेको छ । नेप्से सूचक अघिल्लो बुलको समयमा २०७३ साउन १२ गते १८८१.४५ अंक पुगेर तल झरेको थियो । यस विन्दुबाट तल झर्ने क्रममा शेयर बजार ११०० अंकसम्म झर्यो ।

यहि विन्दुबाट उकालो लागेको शेयर बजार गत भदौ २ गते अधिकतम ३१९९ अंकसम्म पुग्यो । करिव १० महिनाको अवधिमा शेयर बजार लगातार तल झर्ने क्रममा अघिल्लो बुलको अधिकतम विन्दु भन्दा पनि तल झरेको छ । नेपालको इतिहासमा छोटो समयमा यति धेरै तल झरेको पहिलो रेकर्ड हो ।

SKYWELL
Crest

सोमबार शेयर बजार सर्वाधिक तल झर्ने क्रममा १८७९.८८ अंकसम्म तल झर्यो । कारोबार सुरुभएदेखिनै लगातार घट्न थालेको थियो । आज कारोबारको अतिमसम्ममा ४९.३१ अंकको गिरावट भएको छ । नेप्से सूचक २.५५ प्रतिशतले घटेर १८८४.८१ अंक कायम भएको छ ।

बजारमा तिव्र गिरावट आए पनि कारोबार रकम भने केहि सुधार भएको छ । आज एक अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ । सोमबार २३० कम्पनीको शेयर खरिद बिक्री हुँदा जम्मा ४ वटा कम्पनीको मात्रै सुधार भएको छ । जसमा आधिखोला लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, ओरियण्टल होटल र गुराँस फाइनान्सको भने बढेको छ ।

आज शेयर बजारमा अधिकतम गिरावट देखिए पनि कारोबार रकम भने बढेको छ । कारोबार रकम बढ्नुले पनि शेयर बजारमा सुधार हुने संकेत देखिएको छ । प्राय बियरिस मार्केटको तल्लो बिन्दु अघिल्लो बुलको अधिकतम विन्दु हाराहारी हुने गर्छ । तर यस पटकको बुल नसोचिएको हिसावले र छिटो बढेको हुँदा १८ सयको विन्दु भन्दा केहि तल झरेर अवको बुलको आधार बनाउन सक्ने विश्लेषकहरु बताउछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS