Connect IPS
IME Life

बीमा ऐनमा सिइओका लागि स्नातकोत्तर गरेकालाई पनि अनुभव तोक्न सुझाव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थसमितिले बुझाएको ‘बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतको योग्यतामा संसोधन गर्न सुझाव दिइकएको छ । संसदमा पेश गरिएको विधेयकमा प्रमुख कार्यकारी अधिकृतको योग्यतामा तोकिएको विषयमा स्नातकोत्तर भए पुग्ने व्यवस्था छ ।  \

 

Prabhu
Crest

जसमा भनिएको छ ‘बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातोक्तर वा सो सरहको उपाधि हासिल गरेको’ भन्ने रहेको छ । यस उपदफामा योग्यता मात्रै उल्लेख छ तर अनुभव छैन । अर्थसमितिले योग्यता सँगै अनुभवलाई पनि अनिवार्य उल्लेख गर्न सुझाव दिएको छ ।

अर्थसमितिले योग्यता सँगै व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए ५ वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा कम्तिमा एक वर्षको अनुभव हसित कम्तिमा ७ वर्षको अनुभव हालिल गरेको भन्ने शब्दहरु थप्न सुझाइएको छ ।

बीमा समितिले जारी गरेको संस्थागत सुशासन निर्देशिकामा अनुभवको व्यविस्था भएता पनि ऐनमै नहुँदा बीमा कम्पनीहरुले यस दफालाई दुरुपयोग गर्न सक्ने सम्भावना उच्च थियो । प्रमुख कार्यकारी अधिकृतकै योग्यता तथा अनुभव अन्तर्गत स्नातक गरेकाहरुको हकमा भने अनुभव उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS