काठमाडौं । बीमा समितिले रामेछाप नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल गरेको छ । बीमा समितिका उप निर्देशक निर्मल अधिकारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका मेयर लवश्री न्यौपाने र उपमेयर बाल कुमारी कार्की थापा, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेको उपस्थिति थियो ।
त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका मुख्य प्रवन्धक गुणराज श्रेष्ठ सहित स्थानीय तहमा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित स्थानीय व्यवासायी, शिक्षक, समाजसेवी लगायतलाई बीमा समितिले जीवन बीमा तथा निर्जीवन बीमा सम्बन्धी जनचेतनामुलक प्रस्तुति दिएको थियो ।
सहभागीले बीमा सम्बन्धी जिज्ञासा राखेका थिए । सहभागीको जिज्ञासालाई बीमा समितिका प्रतिनिधिहरुले जवाफ दिएका थिए ।