काठमाडौं । नेप्से परिसूचक आज ७ दशमलव ५७ अंकले घटेर १,९७१ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ६० वटा कम्पनीको शेय मुल्य बढेको छ भने ११५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै आँधिखोला लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । केवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । लुम्निी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । सानिमा लइफका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिभर फल्सका लगानीकर्ताले ५ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।