GBIME
IME Life

७ अंकले घट्यो नेप्से, ७३ करोड ६३ लाखको कारोबार हुँदा टेलिकमको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । साताभरिमा हिजो बढेको नेप्से परिसूचक आज ७ दशमलव ५७ अंकले घटेर १,९७१ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ६० वटा कम्पनीको शेय मुल्य बढेको छ भने ११५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२० वटा कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ६३ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको ६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

त्यस्तै, एनसीसी बैंकको ४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २२१ रुपैयाँ रहेको छ । कुमारी बैंकको २ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंकको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । केवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । लुम्निी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । सानिमा लइफका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिभर फल्सका लगानीकर्ताले ५ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS